किपु म्युजिकल मुभमेन्ट

- साप्ताहिक संवाददाता

पुस २८, २०७४

कीर्तिपुरस्थित माक्वाछे गार्डेनमा भोलि शनिबार साँझ किपु म्युजिकल मुभमेन्टको आयोजना हुँदैछ । राइज म्युजिक तथा विनोद सिंहद्वारा आयोजित उक्त कार्यक्रममा खाना र गानालाई समायोजन गरिएको छ ।

डान्स पार्टी, जादु, हास्य प्रस्तुति तथा लाइभ म्युजिकसहितको यो कार्यक्रममा सि मोना कोप्स ब्यान्डका साथ जादुगर तथा हास्यकलाकार महादेव त्रिपाठी एवं बालकलाकार कुशाग्र भट्टराई समेत प्रस्तुत हुनेछन् । कार्यक्रमलाई सुशील नेपाल, प्रीति घिमिरे तथा शशि खड्काले सञ्चालन गर्ने बताइएको छ । 

समय : दिउँसो २ बजे 

 

प्रकाशित :पुस २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्