आर्यन र प्रियंकाको बटरफ्लाई

- साप्ताहिक संवाददाता

पुस २८, २०७४-

निर्देशक : ओमप्रतीक गुरुङ

संगीत : अर्जुन पोखरेल, विकास चौधरी, दीपक शर्मा ।

कलाकार : आर्यन अधिकारी, प्रियंका कार्की, अर्पण थापा, सुष्मा कार्की, सुरविर पण्डित आदि ।

एउटा महलभित्र विभिन्न प्रयोग गरेर बस्ने एक युवा वैज्ञानिकको भेट एक युवतीसँग हुन्छ । उनीहरूबीच प्रेम हुन्छ र दुवैले प्रेमका गीत गाउँछन् । असाध्यै मन पराए पनि वैज्ञानिक युवकले आफ्नो केही रहस्य प्रेमिकालाई बताएको हुँदैन, तर जब प्रेमिकाले उसको रहस्य थाहा पाउँदै जान्छे अनि रहस्यमाथिको पर्दा उघ्रिँदै जान्छ । 

रहस्यमय प्रेमकथामा आधारित ओमप्रतीक गुरुङको लेखन तथा निर्देशनको चलचित्र ‘बटरफ्लाई’ आज शुक्रबारदेखि देशभरि एकसाथ प्रदर्शन भएको छ । पाल्पा, पोखरा आदि स्थानमा छायांकन गरिएको चलचित्र ‘बटरफ्लाई’ मा प्रियंका कार्की तथा आर्यन अधिकारी मुख्य भूमिकामा छन् । 

अभिनयका कारण चर्चामा रहेका अभिनेता अर्पण थापा पनि एउटा रहस्यमय भूमिकामा प्रस्तुत हुने यो चलचित्रमा राजेशपायल राई, अर्जुन पोखरेल, अञ्जु पन्त तथा युवराज चौलागाईंको स्वरका सुमधुर गीतहरू सुन्न पाइन्छ । चलचित्र ‘बटरफ्लाई’ का निर्माता सरोज शाह तथा मन्दिल श्रेष्ठ हुन् । 

प्रकाशित :पुस २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्