Teej banner

आजबाट मिस्टर झोले

- साप्ताहिक संवाददाता

पुस २८, २०७४

निर्देशक : रामबाबु गुरुङ

संगीत : कालीप्रसाद बाँस्कोटा, सुजन कार्की

कलाकार : दयाहाङ राई, वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, माओत्से गुरुङ आदि । 

३५ वर्ष कटेका तीनजना बालसखा पुर्णे, कर्णे र गुणप्रसाद विवाह गर्ने मुडमा पुग्छन् । पुर्णेकी आमा उसको विवाह गाउँका एक धनीकी छोरीसँग गराउन चाहन्छिन् । गाउँका ती धनी मानिसले आफ्नी छोरीसँग विवाह गर्ने युवकलाई पन्ध्र लाख रुपैंयाँ दिने घोषणा गरेका हुन्छन् । जन्मदै अभागी मानिएकी ती युवतीसँग विवाह गर्न कोही तयार छैनन्, तर कर्णे भने ती युवतीलाई एकोहोरो प्रेम गर्छन् । 

स्थानीय सरकारी विद्यालयका शिक्षक गुणप्रसाद कर्णेकी बहिनीलाई मनपराउँछन् । त्यही बेला गाउँमा एकजना झोले टुरिस्ट आइपुग्छ । उसले कर्णेकी बहिनी र धनीकी छोरीलाई लाइन मार्न थाल्छ अनि उसैले तीनै जना बालसखाबीचको सम्बन्धमा आगो सल्काउँछ । केही वर्षअघि दयाहाङ राईले चलचित्र ‘झोले’ मा मुख्य भूमिका निर्वाह गरेका थिए । अहिलेको ‘मिस्टर झोले’ मा समेत उनकै मुख्य भूमिका छ । 

आज प्रदर्शनमा आउन लागेको यो चलचित्रको निर्देशन ‘कबड्डी’, ‘कबड्ड्ी–कबड्डी’ तथा ‘पुरानो डुँगा’ का निर्देशक रामबाबु गुरुङले गरेका हुन् ।  

प्रकाशित :पुस २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्