निखिल संचिता जापान जाने

- साप्ताहिक संवाददाता

पुस २७, २०७४

अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुईटेल जापान जाने भएका छन् । निखिल स्टार पछिल्लो चलचित्र ‘पिँजडा ब्याक अगेन’को प्रदर्शनका लागि यो जोडी जापान जाने भएको हो , आगामी माघ ४ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यो चलचित्र त्यसको १० दिन पछि जापानमा प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । 

जनवरी २८ मा हुने विशेष सोमा नेपालबाट निखिल/संचिताका साथमा चलचित्रका निर्देशक हिमाल केसी जापान जाने भएका छन् । जनवरी २८ मा टोकियो प्रदर्शनीपछि अन्य सहरमा पनि भिन्न भिन्न मितिमा चलचित्रको सो हुने निर्माण पक्षले बताएको छ । 

जापानमा प्रदर्शनको अधिकार भने क्लासिक युथ जापानले लिएको छ । श्रीराम बरालको प्रस्तुति तथा रहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको चलचित्रमा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा केहि समय अघि मात्रै दिवङ्गत भएकी विना थापाले समेत शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन् । 

‘पिँजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । चलचित्रमा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको सङ्गीत समावेश गरिएको छ ।

 

प्रकाशित :पुस २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्