मिस्टर झोलेको हङकङ शो

- साप्ताहिक संवाददाता

पुस २७, २०७४

 

नेपाली चलचित्र ‘मिस्टर झोले’को हङकङमा प्रिमियर हुने र्भको छ । पुष २८ बाट नेपालमा रिलिजको तयारी रहेको यो चलचित्र जनवरी १४ मा हङकङमा प्रिमियर हुने तय भएको हो ।

मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङले उपस्थिती जनाउँने भएका छन् । 

‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट स–शुल्क बसको पनि व्यवस्था गरिएको छ ।

रामबाबू गुरुङले निर्देशन गरेको चलचित्रमा दया र दीयाका अलावा बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

रामबाबुकै कथा लेखन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । 

प्रकाशित :पुस २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्