सुनिताको ‘माईत जाने बाटो’

- अनोज रोक्का

पुस २७, २०७४

हङकङमा बसेर साहित्य साधनामा तल्लिन सुनिता गिरीले आफ्नो कविता संग्रह सार्वजनिक गरेकी छिन् । कविता मार्फत देश र परदेशका कथा बोकेर कविता संग्रह ‘माईत जाने बाटो’ सार्वजनिक गरेकी हुन् । संग्रहमा ३२ कविता संग्रहित गरिएका छन् । 

कविताका माध्यमबाट समाजका परिघटना र अन्र्तमनका कुराहरु लेख्ने सुनिता कृतिले लेखकलाई अमर बनाउँने बताउँछिन् भन्छिन् – ‘माईत जाने बाटो’ कृति एउटा गोरेटो हो, अव क्रमश म यसलाई पछ्याउँनेछु ।’ 

नेपाल क्लब हङ्कङको संयोजनमा आयोजना गरिएको विमोचन कार्यक्रममा साहित्यकर्मी, कलाकार, ब्यापारीका साथै विभिन्न संघसस्थाका प्रतिनिधीहरुले कविता र साहित्यका बारे बोलेका थिए ।   

तस्बिर : बगैंचा ईभेन्ट  

प्रकाशित :पुस २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्