सत्यराजको पान

- साप्ताहिक संवाददाता

पुस २७, २०७४-

गायकबाट अभिनेताका रूपमा स्थापित हुने क्रममा रहेका सत्यराज आचार्यले एउटा चलचित्रको आफ्नो भूमिकालाई आकर्षक बनाउन प्रसस्त पान खाएको प्रसंग अहिले चर्चामा छ । सौगात विष्टद्वारा निर्देशित हास्यप्रधान चलचित्र हैरानको आफ्नो चरित्रलाई जीवन्त बनाउन सत्यराजले झन्डै २५ हजार रुपैयाँको पान खाएको उल्लेख गरेका हुन् ।

सत्यराजका अनुसार यदि उनले उक्त मूल्य बराबरको पान खाएका हुन् भने एउटा पानको औसत ५० रुपैयाँका दरले पनि उनले झन्डै पाँच सय खिल्ली पान चपाए । चलचित्रको स्वरांकनका क्रममा पान खाएको भाव प्रस्तुत गर्ने क्रममा सत्यराजले पानको प्रसंग उठाएका हुन् । उनले त्यति धेरै खिल्ली पान खाएका हुन् कि पान खाएको कुरालाई जोक बनाएका हुन्, चलचित्र प्रदर्शन भएपछि छर्लङ्ग हुनेछ । 

 

प्रकाशित :पुस २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्