विवाहित/अविवाहित महिलाको सौन्दर्य प्रतियोगीता

- साप्ताहिक संवाददाता

पुस २६, २०७४-

विवाहित तथा अविहित महिलाहरुको सौन्दर्य प्रतियोगीता सम्पन्न भएको छ । स्टार वन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न भएको प्रतियोगीतामा ‘मिसेस टिन टुरिजम २०१८’ उपाधि आना आचार्यले चुमेकी छिन् । काठमाडौं मेडिकल कलेजकी डक्टर तथा फार्माकोलोजीको लेक्चर्र रहेकी उनी बेष्ट स्किन उपाधि विजेतासमेत बन्न सफल भएकी छिन् ।

पर्यटनका लागि सँगसँगै भन्ने नारा सहित सम्पन्न किशोरीहरुको अर्को प्रतियोगीतामा रसि सुबेदीले उपाधि उचालिन । ‘मिस टिन टुरिजम २०१८’ उपाधि उचालेकी उनी मिस क्याटवाक र ब्युटी वीथ प्रपोज विजेतासमेत बन्न सफल भईन । 

प्रतियोगीतामा सम्बीदा ओझा फष्ट रनर अप,  बालाजुकी रमीना बिष्ट सेकेन्ड रनर अप,  बालुवटारकी प्रशंसा पौडेल थर्ड रनर अप बन्न सफल भए । 

दुबै प्रतियोगितामा मिस नेपाल उशा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, अभिनेता गजित बिष्ट लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

प्रकाशित :पुस २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्