अनमोलको नयाँ जोडी

- साप्ताहिक संवाददाता

पुस २६, २०७४-

अभिनेता अनमोल केसीले आफ्ना चलचित्रमा एक प्रकारको प्रयोग गर्दै आइरहेका छन् । हुन त यो प्रयोग अनमोल एक्लैको होइन, उनले अभिनय गर्ने चलचित्रका निर्माता–निर्देशकले पनि त्यो प्रयोगमा साथ दिइरहेका हुन्छन् ।

जसरी भए पनि उक्त प्रयोगमा अनमोल सफल हुँदै आएका छन् । त्यो प्रयोग हो : हरेक चलचित्रमा नयाँ अभिनेत्रीसँगको अनस्क्रिन रोमान्स । पहिलो चलचित्र ड्रिम्समा अनमोलले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अभिनय गरे । दोस्रो चलचित्र जेरीमा उनी अभिनेत्री आना शर्मासँग प्रस्तुत भए । तेस्रो चलचित्र गाजलुमा उनलाई सृष्टि श्रेष्ठको साथ मिल्यो ।

प्रदर्शनको तयारीमा रहेको चौथो चलचित्रमा अनमोल अभिनेत्री अदिति बुढाथोकीसँग देखिँदैछन् । फ्लोरमा जान ठिक्क परेको आफ्नो पाँचौं चलचित्र क्याप्टेनमा पनि उनले नयाँ अनुहारसँग अभिनय गर्ने निश्चित भैसकेको समाचार सार्वजनिक भएको छ ।

यसपटक उनले उपासना सिंह ठकुरीलाई जोडी बनाउने सम्भावना छ । विकास बोर्डमा चलचित्रका निर्माता भुवन केसीद्वारा चलचित्रको नाम दर्ता गराउने क्रममा मुख्य भूमिकामा अनमोल तथा उपासना रहने कुरा उल्लेख गरेका छन् । यद्यपि निर्माण संस्थाले यो कुराको औपचारिक जानकारी गराइसकेको छैन । क्याप्टेनका लागि नयाँ अनुहार खोज्ने क्रममा युनिटले उपासनालाई छनोट गरेको बताइएको छ । 

 

प्रकाशित :पुस २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्