मिलन असाध्यै खर्चालु
पुस २६, २०७४
गीतकारको समेत छवि बनाएका सञ्चारकर्मी नरेश भट्टराई तथा चलचित्र निर्देशक मिलन चाम्सको मित्रता गजबको छ । चाम्सका चलचित्रका अधिकांश गीतमा भट्टराईका शब्द हुन्छन् । चाम्सले निर्देशन गरेका चलचित्रको रेड कार्पेट प्रिमियरमा भट्टराई नै उद्घोषक हुन्छन् । चाम्सको आगामी चलचित्र बोबीमा त भट्टराई पटकथाकारकै रूपमा सहभागी छन् । चलचित्रको गीतदेखि सार्वजनिक समारोहसम्म यी दुई एक–अर्काको नजिक हुन्छन् । निर्देशक चाम्ससँगको लामो संगतमा रहेका भट्टराईले चाम्सको यसरी कुरा काटेका छन् ।
सकारात्मक पक्ष
असल मान्छे
सकारात्मक सोच, सहयोगी, आत्मीय तथा असाध्यै मेहनत गर्ने बानीले मिलन चाम्सलाई असल मान्छे बनाएको छ ।
भर्सटायल
नेपाली चलचित्रप्रतिको उनको लगाव लोभलाग्दो छ । उनी नेपाली चलचित्रकै लागि जन्मिएका हुन् झैं लाग्छ । मिलन चलचित्रको प्राय: सबै विधामा उत्तिकै पोख्त छन् ।
अपडेटेड
समयअनुसार आफूलाई अपटेड गर्न सक्छन् । समयअनुसार चल्न सक्ने उनको बानी लोभलाग्दो छ ।
परिश्रमी
परिश्रमी छन् । प्रशस्त खट्न सक्छन् । काम नगरी चुप लागेर बस्नुपर्यो भने उनी बिरामी नै पर्छन् कि जस्तो लाग्छ ।
नकारात्मक पक्ष
खर्चालु
असाध्यै खर्चालु छन् । कमाएको अधिकांश पैसा खर्च गरेरै सिध्याउँछन् ।
बढी काम
आवश्यकताभन्दा बढी नै काम गर्ने बानी सुधार्नुपर्ने देखिन्छ । कामकै कारण आफ्नै स्वास्थ्यप्रति ध्यान दिन सकेका छैनन् । व्यायाम गर्ने बानी छैन, पेट बढ्न थालेको उनले अनुभव नै गरेका छैनन् ।
सोझो बानी
साथीभाइप्रति आवश्यकताभन्दा बढी विश्वास गर्ने बानी छ । त्यसले गर्दा बेला–बेलामा धोका पनि खाएका छन् ।
चुजी
लाउने, खाने र घुम्ने कुरामा आवश्यकताभन्दा बढी नै चुजी छन् ।
प्रकाशित :पुस २६, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्