प्रशिक्षणमा बालबालिका

- साप्ताहिक संवाददाता

पुस २५, २०७४- 

बालबालिकाको सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१८’का लागि अहिले प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा ७० बालबालिकाहरुको सहभागीता रहेको छ । 

प्रारम्भिक चरणको अडिसनबाट छानिएका ७० बालबालिकालाई अन्तिम प्रतिस्र्धाका लागि प्रशिक्षणमा सहभागी गराईएको हो । प्रारम्भिक चरणको प्रतियोगीतमा १ सय २० जनाले सहभागीता जनाएका थिए ।  

मोडल तथा अभिनेता दिक्पाल कार्की, गायिका कुन्ति मोक्तान, कलाकार बिरेन्द्र हमाल र जीवन गिरीले प्रतियोगी बालबालिकालाई प्रशिक्षण दिदै आएका छन् ।   

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन लगायतका बिषयको ज्ञान लिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले बताए ।

शिर्ष सहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ । 

प्रकाशित :पुस २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्