ओखती भिडियो कम्पिटिसनका बिजेता

- साप्ताहिक संवाददाता

पुस २५, २०७४

पछिल्लो समय चलचित्र प्रचारका लागि निर्माताहरुले विभिन्न शैली अपनाउँने गरेका छन् । चलचित्र ‘मिस्टर झोले’ टिमले पनि चलचित्र प्रचारकै क्रममा ‘ओखती’ कभर भिडियो कम्पिटिसनको घोषणा गरेको थियो । चलचित्र यूनिटले उक्त प्रतियोगीतका विजेता घोषणा गरेको छ । चलचित्र यूनिटले विजेता घोषणा गर्दै पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजारको चेक हस्तान्तरण गरेको छ ।

प्रतियोगितामा पोखराको क्रिष्टल क्लजले बनाएको भिडियो पहिलो बन्न सफल भयो । ‘कन्सेप्ट र पर्फमेन्स’का आधारमा क्रिष्टल क्लज उकृष्ट ठहरिदा काठमाडौंको किसन एण्ड डान्स क्रु दोस्रो बन्यो । यस्तै, इटहरीको डाईनामिक क्रु तेस्रो बन्यो । प्रतियोगितामा प्रतिस्पर्धाका लागि २५ समुहको सहभागीता रहेको थियो ।

यो चलचित्र पुष २८ गतेबाट रिलिज हुँदै छ । ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतका कलाकार शिर्ष भूमिकामा अभिनय गरेका छन् । 

 

प्रकाशित :पुस २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्