वर्षका महँगा अभिनेत्रीहरू

  • हलिउड–२०१७

- साप्ताहिक संवाददाता

पुस २५, २०७४-

 

१. एम्मा स्टोन

गत वर्ष चलचित्र ‘लाला ल्याण्ड’बाट उत्कृष्ट अभिनेत्रीको विधामा ओस्कार जितेपछि २९ वर्षीया अभिनेत्री एम्मा स्टोनको चर्चा एवं व्यस्तता अझ बढ्यो । यो वर्ष उनले विभिन्न चलचित्रबाट दुई करोड छ लाख डलर पारिश्रमिक बुझेकी छिन् । 

२. जेनिफर एनिस्टन

‘फ्रेन्डस्’ टेलिभिजन श्रृंखलाबाट दर्शकको नजरमा परेकी ४८ वर्षीया जेनिफर एनिस्टनले अभिनेता ब्राड पिटसँग विवाह गरेकी थिइन, तर त्यो विवाह धेरै वर्ष टिकेन । वर्ष २०१७ मा जेनिफरले ‘द एल्लो बर्डस्’ जस्ता चलचित्रमा काम त गरिन्, तर उनले विभिन्न उत्पादनको ब्रान्ड एम्बेसडर भएबापत अझ राम्रो पारिश्रमिक प्राप्त गरिन् । वर्ष २०१७ मा उनले २ करोड साढे ५ लाख डलर पारिश्रमिक लिएको बताइन्छ । 

३. जेनिफर लरेन्स 

२७ वर्षीया जेनिफर लरेन्स २०१५ र २०१६ मा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री थिइन् । ‘हंगर गेम्स मुभी’बाट चर्चामा आएकी जेनिफरले वर्ष २०१७ मा चलचित्र ‘मदर’ र ‘रेड स्पेरो’का साथै एक पर्फयुमको ब्रान्ड एम्बेसडरका रूपमा २ करोड ४ लाख डलर कमाएकी छिन् । 

४. मेलिस्सा मेक्कार्थी

शरीर मोटो भए पनि ४७ वर्षीया मेलिस्सा मेक्कार्थी दर्शकको रोजाइमा परेकी अभिनेत्री हुन् । हास्य अभिनयबाट चलचित्रमा प्रवेश गरेकी मेलिस्साले चलचित्र माइक एन्ड मोल्ली, घोस्टबस्टर तथा लाइफ अफ द पार्टीबाट यो वर्ष १ करोड ८ लाख डलर पारिश्रमिक प्राप्त गरेकी छिन् । 

५. मिला कुनिस 

३४ वर्षीया युक्रेनियन सुन्दरी मिला कुनिसले हलिउडमा राम्रो प्रभाव जमाएकी छिन् । चलचित्र ‘ब्याड मम्’ ले सफलता पाएपछि त्यसको सिक्वेलका लागि वर्ष २०१७ मा उनले १ करोड ५५ लाख डलर पारिश्रमिक प्राप्त गरिन् । 

६. एम्मा वाटसन

बेलायती अभिनेत्री एम्मा वाटसनले हलिउडका विभिन्न चलचित्रमा आफूलाई फरक ढंगबाट प्रस्तुत गर्दै आएकी छिन् । यी २७ वर्षीया अभिनेत्रीलाई वर्ष २०१७ मा प्रदर्शित ‘ब्युटी एन्ड द बिस्ट’ तथा ‘द सर्कल’ मा काम गरेबापत १ करोड ४ लाख डलर पारिश्रमिक दिइएको थियो । 

७. चार्लिज थेरोन 

४२ वर्षीया दक्षिण अफ्रिकी अभिनेत्री चार्लिज थेरोनले वर्ष २०१७ मा ‘एटोमिक ब्लोन्ड’ र ‘द फेट अफ द फ्युरियस’मा काम गरेबापत १ करोड ४ लाख डलर पारिश्रमिक पाएकी थिइन् । 

८. केट ब्लान्शेट

वर्ष २०१७ मा चलचित्र ‘थोर ऱ्यागनरक’मा खलअभिनेत्रीका रूपमा चर्चा कमाएकी अभिनेत्री केटले उक्त चलचित्रका लागि १ करोड २ लाख डलर पारिश्रमिक पाएकी थिइन् । 

९. जुलिया रोबर्टस् 

‘प्रिटी उमेन’ का रूपमा चर्चा कमाएकी ५० वर्षीया अभिनेत्री जुलिया रोबर्टस्ले वर्ष २०१७ मा चलचित्र ‘बन्डर’ बाट १ करोड २ लाख डलर पारिश्रमिक पाइन् । 

१०. एमी एडम्स 

एमी एडम्सले पाँच पटक ओस्कार जितेकी छिन् । ४३ बर्षिया यी अभिनेत्रीले वर्ष २०१७ मा चलचित्र ‘एराइभल’ र ‘जस्टिस लिग’बाट कुल १ करोड १५ लाख डलर पारिश्रमिक प्राप्त गरेकी थिइन् ।

प्रकाशित :पुस २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्