अमेरिकामा पंचायत

- साप्ताहिक संवाददाता

पुस २४, २०७४

नेपाली कथानक चलचित्र ‘पंचायत’ अमेरिकामा प्रदर्शन गरिएको छ । अमेरिकाको भर्जिनिया शहरमा यो चलचित्र प्रिमियर गरिएको हो । 

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको अवार्ड जित्न सफल भएको थियो । सोही चलचित्रमा अभिनय गरे बापत अभिनेत्री निता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार आफ्नो पोल्टामा पारेकी थिईन् । 

‘पंचायत’को प्रिमियर र अन्य बिशेष सो को लागि चलचित्रका अभिनेता सरोज खनाल केहि साता अघि नै अमेरिका पुगेका छन् । 

चलचित्र ‘पंचायत’मा शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :पुस २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्