सृष्टी र विनयको प्रेम

- साप्ताहिक संवाददाता

पुस २४, २०७४- 

अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको जोडी अहिले चर्चामा छ । चलचित्र ‘रोमियो एण्ड मुना’का कारण उनीहरु चर्चामा छन् । यहि जोडीलाई प्रस्तुत गर्दै चलचित्र युनिटले नयाँ पोस्टर सार्वजनिक भएको छ । 

फागुन ११ गते प्रदर्शनमा आउन लागेका चलचत्रको सार्वजनिक पोस्टर सञ्जय थापाले डिजाईन गरेका हुन् । सहरमा बस्ने रोमियो र गाउँकी मुनाबीचको प्रेम कथा बोकेको ‘रोमियो एण्ड मुना’ नरेश कुमार केसीले निर्देशन गरेको चलचित्र हो । 

चलचित्रमा विनय र सेष्टीका साथमा सुष्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा प्रसन्न गोपाल, रोजी श्रेष्ठ र राम शर्माले सयुक्त रुपमा लगानी गरेका छन् ।  

प्रकाशित :पुस २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्