सोल्टिनीको झुम्ताना झुम्ताना

- साप्ताहिक संवाददाता

पुस २३, २०७४-

चलचित्र ‘ए सोल्टिनी’को पोस्टर तथा ट्रेलर सार्वजनिक पछि गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘झुम्ताना झुम्ताना’ बोलको गीतसार्वजनकि गरिएको हो ।

निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को उक्त गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको गीत लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् । 

दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन । 

गीतको भिडियो : 

 

प्रकाशित :पुस २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्