माउथ पब्लिसिटीको आश

- साप्ताहिक संवाददाता

पुस २३, २०७४

गत शुक्रबारबाट रिलिजमा आएके चलचित्र ‘फिर्के’का कलाकारको दौडधुप सकिएको छैन् । चलचित्र प्रदर्शन अघि चलचित्रको प्रचारमा ब्यस्त कलाकार अहिले चलचित्रको प्रतिकृया लिन ब्यस्त देखिन्छन् । 

रवि डंगोलले निर्देशन गरेको चलचित्रको प्रतिकृया लिन कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’ विभिन्न हलमा पुगेका छन् ।

उल्लेख्य दर्शकको साथ नपाए पनि हेरेका दर्शकको प्रतिकृया राम्रो आएको उनीहरुले बताएका छन् । निर्देशक डंगोलले भने ‘आशा छ मौखिक प्रचारले पनि चलचित्रले दर्शक तान्नेछ ।’ 

कलाकार तथा निर्माता सुलेमानले आफुले ईकुको ह्यांगबाट बाहिर निस्केर फरक भूमिकामा अभिनय गर्दा समेत दर्शकले मन पराएको बताए । 

चलचित्रमा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ्, ऋचा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । ओमलाल गुरुङ् र राजेश श्रेष्ठले चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । 

 

प्रकाशित :पुस २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्