निर्जलाको सुटिङ सम्पन्न

- साप्ताहिक संवाददाता

पुस २३, २०७४-

नारी प्रधान चलचित्र ‘निर्जला’को छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाँडामा दशैंको गीत खिच्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो । 

दीनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन् । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् । 

राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्र २०७५ सालको बडा दशैंको फुलपातीबाट रिलिज हुने भएको छ । 

अभिनेत्री शुभेच्छा कै कथा तथा संवाद रहेको चलचित्र ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ । यस अगाडि निर्देशक राजु र अभिनेत्री शुभेच्छाको ग्ल्यामरका नाममा समाजले पचाउनै नसक्ने दृश्य दिएको भन्दै आलोचना भएको थियो । 

व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै चलचित्र मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन् । उनले चलचित्र निर्माणलाई निरन्तरता दिने बताएका छन् । चलचित्रमा किशोर, शुभेच्छा र निक्सका अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्धन्द तथा रवि कोइरालाको छायांकन रहेको छ । 

 

प्रकाशित :पुस २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्