लगातार दया

- साप्ताहिक संवाददाता

पुस २२, २०७४

यसै पनि अभिनेता दयाहाङ राईलाई पछिल्लो पुस्ताको राजेश हमाल भन्न थालिएको छ । कुनै बेला राजेश हमालले वर्षमै दर्जनौं चलचित्रमा अभिनय गरेर संख्यात्मक रूपमा सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्ने अभिनेताको छवि बनाइसकेका थिए ।

अहिले दयाहाङ राई संख्यात्मक रूपमा अन्य अभिनेताभन्दा बढी चलचित्रमा अभिनय गरिरहेका छन् । यद्यपि उनले अभिनय गरेका चलचित्र व्यवसायिक रुपमा त्यति धेरै सफल पनि छैनन् ।

यतिबेला दयाहाङका तीनवटा चलचित्र छोटो समयको अन्तरमा प्रदर्शन हुँदैछन् । पुस २८ गते प्रदर्शन हुने चलचित्र मिस्टर झोलेबाट उनी अलि बढी आशावादी देखिएका छन् । मिस्टर झोले प्रदर्शन भएको दुई सातापछि नै दयाहाङलाई मिलन चाम्सको चलचित्र ह्याप्पी डेजमा देखिनेछ । यो चलचित्र माघ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

त्यसो त फागुन ४ मा प्रदर्शन हुने चलचित्र कान्छीलाई निर्मात्री तथा अभिनेत्री श्वेता खड्काले आफ्नो ड्रिम प्रोजेक्ट भनिसकेकी छिन्, जसमा उनले दयाहाङसँगै अनस्क्रिन रोमान्स गरेकी छिन् । लगातार तीनवटा चलचित्रमार्फत दर्शकमाझ आइरहेका दयाहाङले छायांकन सम्पन्न गरेका तथा छायांकन भैरहेका चलचित्रको संख्या पनि झन्डै आधा दर्जन छन् । 

 

प्रकाशित :पुस २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्