संसार बाहिर देखिएजस्तो छैन

- साप्ताहिक संवाददाता

पुस २२, २०७४-

 

मनिन्द्र सिंहलाई बधाई छ (मिस्टर गे ह्यान्डसम नेपाल–२०१७) । समाजमा खुलेर आउन बाँकी थुपै्र यस्ता पात्र छन्, जो खुलेर आउन सकेका छैनन् । मनिन्द्र धेरैका लागि प्रेरणा बन्न सक्छन् । आयोजकले यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाऊन् । 

सुरेश काफ्ले

संसार बाहिर देखिएजस्तो छैन (विवादित बाबाको आश्रममा नेपाली महिलाहरू) बबाहरू यसरी नै विवादित भएका छन् । वास्तविकता खुलेपछि मानिसको असली नियत प्रष्ट हुन्छ । कसैप्रति विश्वास गरिहाल्ने ठाउँ छैन ।

तीर्थ बस्नेत

मानिसहरूका दृष्टिकोण फरक–फरक हुन्छन् (गजुरियल विश्लेषण : सत्य एउटै हुन्छ) । स्वार्थ फरक हुँदा मानिसहरू विभाजित हुन्छन् । 

दिलीप थापा

सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई टोपी दिवसको शुभकामना (टोपी जोगाउन अभियान) ।

सञ्जय बाहिङ राई 

राम्रो बोल्ने तथा राम्रो काम गर्नेहरूका बारेमा छापिँदैन (सन् २०१७ का भाइरल) । यस्तै व्यक्तिहरूले मिडियामा स्थान पाउँछन् । जथाभावी पोस्ट गरिएको कुरा भाइरल भैहाल्छ नि ! 

अंकुल गुरुङ

अधिकारी रवीन्द्रजी, सत्यतथ्यमा ध्यान पुर्‍याउनुहोस् (सन् २०१७ का भाइरल) । साकारकी आमाको नाम सुनिता होइन, रोजु हो । 

युवराज कोइराला 

अन्तरिक्षमा भएका नयाँ–नयाँ जानकारी रोचक लागे (के–के भए अन्तरिक्षमा ?) अन्य अंकहरूमा पनि विज्ञान एवं प्रविधिको क्षेत्रमा हुने यस्तै रोचक, रमाइला जानकारी पढ्न पाइयोस् । 

दिनेश लामा 

त्यो त भन्ने बहाना मात्र हो (युवा मन : फुर्सद छैन) । कुन कुरालाई कति प्राथमिकता दिने भन्ने कुरा त आफ्नै हातमा हुन्छ । 

आर्यन क्षेत्री

बेलडाँगी शिविरमा बस्ने शरणार्थीहरूको कथा मार्मिक लाग्यो (यात्रा सन्दर्भ : हरियो ढुंगा— हीराजस्तो ढुंगा) । त्यो पीडालाई नाटकमा जस्ताको तस्तै उतार्न सक्नुमा सबैको उत्तिकै भूमिका छ । लेखक, निर्देशक तथा कलाकारहरूको मेहनतले ‘हरियो ढुंगा’ सफल नाटक बन्न पुग्यो । 

प्रज्वल श्रेष्ठ

वर्षभरि चर्चित रहेका घटना र व्यक्तिका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (फ्लासब्याक २०१७– सन् २०१७ का व्यक्ति र घटना) । संसारभर हुने यस्ता घटना अन्य अंकहरूमा पनि पढ्न पाईयोस् । 

मधुसूदन बस्याल 

साप्ताहिकको गत अंकमा विश्वका धनाढ्य व्यक्तिहरूका बारेमा संक्षिप्त रूपमा पढ्न पाइयो (फ्लासब्याक २०१७ : विश्वका धनाढ्यहरू) । उनीहरू कसरी धनी बने ? त्यसका लागि के–कस्तो संघर्ष गर्नुपर्‍यो ? भन्ने सामग्री पनि प्रकाशन गर्न सके अझ रोचक हुने थियो । 

विनोद पोखरेल

अनौठा व्यक्तिहरूसम्बन्धी सामग्री रमाइलो लाग्यो (पहिलो विश्व : अनौठा व्यक्तिहरू) । अस्ट्ेरलियाकी डेबको कथा अझ रोचक थियो । एउटै हातले पोल डान्स गरेर विश्व विजेता भएकी डेबको जीवनबाट धेरै कुरा सिक्न सकिन्छ । शारीरिक रूपमा अशक्त भएर पनि प्रतिभालाई कुनै कुराले छेक्न सक्दैन भन्ने बलियो उदाहरण हुन्– डेब । 

विष्णु

सेलिब्रेटीहरूका योजना पनि पढ्न पाइयो (सेलिब्रटी सेलिब्रेसन) । सबैका लागि नयाँ वर्ष २०१८ विशेष होस् । 

मिलन बस्नेत

प्रकाशित :पुस २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्