सुटिङमै २ करोड

- साप्ताहिक संवाददाता

पुस २१, २०७४-

महंगो बजेटमा निर्माण गरिएको चलचित्र ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ । निर्माण यूनिटले सुटिङ मै २ करोड खर्च भएको जनाएको छ । 

झापा र काठमाण्डौंमा छायांकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो । चलचित्रका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित चलचित्रले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ । 

निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि चलचित्र रिलिज गराउने तयारी गरेको थियो । तर उक्त डेटबाट चलचित्र केही समय पर सरेको छ । अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ । 

चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन् । यमूना खरेल र राज केसी चलचित्रका सह निर्माता हुन् । 

चलचित्रमा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ । 

 

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्