मिस टिन कन्टेस्ट सञ्जिता

- साप्ताहिक संवाददाता

पुस २१, २०७४

‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’को उपाधि सञ्जिता पाठकले चुमेकी छिन् । जमलस्थित नाचघरमा सम्पन्न प्रतियोगितामा १६ जना प्रतियोगीलाई पछि पार्दै उनले उक्त उपाधि उचालेकी हुन् । सञ्जिताले ताज सहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर प्राप्त गरेकी छिन् ।

यस्तै र्‍याम्प जोन इन्टरप्राईजेजद्धारा आयोजित उक्त प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

प्रतियोगितामा अन्य उपाधि तर्फको प्रतिस्पर्धामा मस्ट व्युटिफुल समीक्षा तामाङ, बेस्ट स्किन स्वस्तिका रेग्मी, मस्ट चार्मिङ रिना लामा, बेस्ूट क्याटवाक पुजा आचार्य, भिवर्स च्वाई सुभेच्छा राई, मस्ट ट्यालेन्ट प्रविणा शाही घोषित भए ।  

मिस पोजिटिभ एटिच्युट निरुता चौधरी, बेस्ट फिटनेश अलिसा स्याङतान, मस्ट फ्रेन्डली सञ्जिना उप्रेती, मिस कन्जियानिलिटी शुभेच्छा राई, बेस्ट स्माईल आस्मा अर्याल, बेस्ट पर्सनालिटी वर्षा कोईराला, मस्ट एक्टिभ सञ्जना उप्रेती घोषित भए । यस्तै मोस्ट पपुलर उपाधि दीपिका खड्काले प्राप्त गरेकी छिन् । 

 

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्