आजबाट फिर्के

- साप्ताहिक संवाददाता

पुस २१, २०७४

निर्देशक : रवि डंगोल संगीत : विश्व नेपाली, सुवास भुषाल 

कलाकार : अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, कृष्टि पौडेल, ए गुरुङ आदि । 

केही बर्षअघि हास्य धारावाहिक ‘मेरी बास्सै’मा जंगली मानिस इकुको भूमिका निर्वाह गरेर चर्चा कमाएका अभिनेता सुलेमान शंकरले त्यसपछि ‘इकु’ शीर्षकमै दुईवटा सिक्वेल तयार पारे । अहिले इकु आफ्नो त्यो छविभन्दा फरक ढंगबाट प्रस्तुत हुँदैछन् । आज शुक्रबार सार्वजनिक हुन लागेको चलचित्र ‘फिर्के’मा फिर्केको भूमिकामा सुलेमान शंकर नै देखिनेछन् । 

गाउँबाट अवसरको खोजीमा सहर प्रवेश गरेको फिर्केले अभिनेता अर्पण थापाले निर्वाह गर्ने द्वैदचरित्रसँग ठोक्किएपछि अनेकन हन्डर–ठक्कर खान थाल्छ । अन्तत: उसले सहरमा बाँच्ने तरीका सिक्छ र बाध्य भएर अपराधको बाटो समात्छ । अर्को टेली धारावाहिक ‘तीतो सत्य’का बेइमान अर्थात् अभिनेता रवि डंगोलले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘फिर्के’लाई अभिमन्यु निरवीले लेखेका हुन् । 

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्