केकी र नाजिरको राज्जा रानी

- साप्ताहिक संवाददाता

पुस २१, २०७४-

निर्देशक : यम थापा संगीत : ताराप्रकाश लिम्बू, दीपक शर्मा

कलाकार : केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरसिया, दीपक क्षेत्री, अरुण रेग्मी आदि ।

दाइजो लिने–दिने प्रचलनको अन्त्य भएको बताइए पनि समाजमा अझै पनि उक्त विकृति कायमै छ । मधेसमा त झन् दाइजो दिननसक्ने विवाहयोग्य युवतीको विवाह नै हुँदैन । कथंकदाचित भैहाल्यो भने पनि दाइजो नल्याउने बुहारीलाई यातनाका साथै उनको माइतीमा दबाब दिने जस्ता कार्य अहिले पनि जारिनै छ । 

रानी अर्थात् केकी अधिकारी मधेसको एउटा गरिब परिवारकी छोरी हुन्छिन् । दाइजो दिन नसक्ने अवस्था भएकाले उनको विवाह त्यसै टरिरहेको हुन्छ । गाउँमा मोजमस्ती र ठगी गरेर हिँड्ने राजा अर्थात् नाजिर हुँसैनले रानीलाई मनपराउँछ । रानी र राजाबीच केही मनमुटावपछि प्रेम मौलाउँछ । राजाको परिवार दाइजो नल्याउने रानीलाई भित्र्याउन राजी हुँदैनन् । 

दाइजोका विषयमा केन्द्रित चलचित्र ‘राज्जा रानी’ मा हास्यप्रधान दृश्यहरू समेत समेटिएका छन् । मैथली भाषामा समेत स्वराङ्कन गरिएको चलचित्र ‘राज्जा रानी’ आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुँदैछ । 

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्