भोलीदेखि बागलुङ महोत्सव

- साप्ताहिक संवाददाता

पुस २०, २०७४

भोली शुक्रबार १० दिने बागलुङ महोत्सव प्रारम्भ हुँदैछ । महोत्सवमा जिल्लाका किसान तथा लघुउद्यमीका उत्पादनहरूसमेत प्रदर्शन गरिनेछ । १ सय ८२ वटा व्यापारिक स्टल राखिने महोत्सवमा १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको छ । 

धौलागिरि क्षेत्रमा बढी चलनमा रहेका सालैज्यो, सोरठी, ठाडो भाका र लोकदोहोरी गीतहरूको प्रस्तुतिका साथ महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, देशभरका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूको तस्बिर प्रदर्शनीसमेत सञ्चालन हुनेछन् । 

महोत्सवकै अवसर पारेर आगन्तुकहरूलाई जिल्लाका पर्यटकीय स्थल बागलुङ कालिका मन्दिर, पञ्चकोट तथा भकुन्डे आदि क्षेत्र घुमाउने कार्यक्रमसमेत छ ।

प्रकाश बराल

प्रकाशित :पुस २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्