मोटी महिलाहरुको सौन्दर्य प्रतियोगीता

- साप्ताहिक संवाददाता

पुस २०, २०७४

 

 

ओमनिया द हिडन ब्यूटीको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा ‘सुपर प्लस साईज मोडल नेपाल–२०१८’ सौन्दर्य प्रतियोगिताको ग्रुमिङ  तथा ट्रेनीङ सुरु भएको छ ।

 

यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन । यो प्रतियोगिता मार्फत प्लस साइज (मोटोपन) को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुको क्षमता अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्य रहेको आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरले सहभागीलाई प्रशिक्षण दिने छन् ।  प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने आयोजक डेभिल सिंह राजपुतले जनाएका छन् । 

प्रकाशित :पुस २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्