Teej banner

ह्याप्पी डेजका थरिथरि पोस्टर

- साप्ताहिक संवाददाता

पुस १९, २०७४

आगामी माघ १२ गतेबाट प्रदर्शको तयारीमा रहेको चलचित्र ‘ह्याप्पी डेज’का ८ थान पोस्टर सार्वजनिक भएका छन् । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र यूनिटले विभिन्न शैलीका पोस्टर सार्वजनिक गरेर प्रचारलाई तिब्रता दिएको हो । स्टारहरुका कारण चर्चामा रहेको यो चलचित्रमा रहेका विभिन्न स्टारहरु पोस्टरमा अटाएका छन् । 

सार्वजनिक ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र नोभेम्बरमा बेलायत प्रिमियर गरिएको थियो । साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालले सयुक्त रुपमा लगानी गरेका छन् । 

 

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित चलचित्रमा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकललगायतका कलाकारले अभिनय छ ।

प्रकाशित :पुस १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्