अष्ट्रेलियामा नेपालका ३ कलाकार

- साप्ताहिक संवाददाता

पुस १९, २०७४-

रियालिटी शो ‘नेपाल आइडल’बाट गायनमा सम्भावना देखाएका ३ कलाकारले अष्ट्रेलियाका विभिन्न सहरमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । नेपाल आइडलको उपाधि नजिक पुगेर बाहिरिएका प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठले त्यसपछि लगातार रुपमा विभिन्न स्थानमा सांगीतिक प्रस्तुती दिदै आएका छन् । 

तिनै ३ लोकप्रिय कलाकारले २०१८ लाई स्वागत गर्दै जनवरी ७ देखि करिव एक महिना अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएका हुन् । ‘वेलकम २०१८’ नामाकरण गरिएको उक्त सांगीतिक यात्रा जनवरी ७ बाट सुरु भई फेबु्रअरी २ मा सकिनेछ ।

जनवरी–७ मा पर्थ, जनवरी १४ मा ब्रिजबेन, जनवरी १९ मा सिड्नी, जनवरी २० मा क्यानभरा, जनबरी २५ मा मेलबर्न, जनवरी २७ मा तासमानिया र फेबु्रअरी २ मा डारबिनमा यो सांगीतिक यात्राको आयोजना हुने इभेन्ट टुरका व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिए ।

 

प्रकाशित :पुस १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्