सोल्टिनीको ट्रेलर तथा पोस्टर

- साप्ताहिक संवाददाता

पुस १८, २०७४

निमा लामाले निर्देशन गरेको चलचित्र ‘ए सोल्टिनी’को पोस्टर रिलिज गरिएको छ । पोस्टरसँगै चलचित्रको गीत तथा ट्रेलर पनि सार्वजनिक गरिएको छ । दीलकुमार घलानले निर्माण गरेको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ लगायतका कलाकारले शिर्ष भूमीकामा रहेर अभिनय गरेका छन् । 

यो चलचित्र देशका हलमा भन्दा पहिला विभिन्न देशमा विशेष शो गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्र मार्फत दर्शकको मन अझै बढी जित्ने भन्दै चलचित्रका अभिनेता सबिन उत्साहित देखिएका छन् । चलचित्र मार्फत कमेडी प्लटमा लोभस्टोरी प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ । 

ए सोल्टिनीको ट्रेलर :

 

 

प्रकाशित :पुस १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्