शत्रु गतेको रुपै मोहनी सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस १४, २०७४-

फिल्म शत्रु गतेले पहिलो प्रचारप्रसार सामग्री अन्तगत गीतलाई सार्वजनिक गरेको छ । 

केहि दिन अघि मात्र छायाँकन गरिएको गीतलाई नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले छायाँकान गरेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय भएकै कारण पनि गीतको सबैपक्ष राम्रो देखिएको छ । 

यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई प्रस्तुत गरिएको छ । 

 

प्रकाशित :पुस १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्