Teej banner

काठमाडौंमा ह्याप्पी न्यू–इयर

- साप्ताहिक संवाददाता

पुस १४, २०७४

अंग्रेजी नयाँ वर्ष इश्वी सम्वत् २०१७ लाई बिदाइ गर्दै नयाँ वर्ष २०१८ लाई स्वागत गर्ने मुडमा काठमाडौं उपत्यकाका पार्टीका चराहरू तयार छन् । उपत्यकाका तीन सहर काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न रेस्टुराँ, पब, क्लब, लाउञ्ज तथा बारहरूमा न्यू–इयर इभका रंगारंग कार्यक्रम हुँदैछन् । डिसेम्बर ३१ को साँझ अर्थात् आइतबार बेलुका कहाँ के हुँदैछ ? सामान्य जानकारी यस्तो छ : 

१.ह्याप्पी न्यू–इयर इभ 

स्थान : द इन्ट्रान्स क्याफे, हरिहर भवन, बखुण्डोल, ललितपुर

समय : साँझ ६ बजेदेखि मध्यरात १२ बजेसम्म

आकर्षण : गोन एल्भिस ब्यान्ड 

प्रवेश : नि:शुल्क 

२.एनवाइई पार्टी काउन्ट डाउन टु–२०१८

स्थान : गोकर्ण हाउस, विशालकुटी, पकनाजोल, ठमेल

समय : साँझ ६ बजे 

आकर्षण : अभिनेता तथा गायक सलोन बस्नेत लाइभ, यशोदा राई, समिश्रण, पृथक आचार्य तथा डिजेहरू क्रिसन, प्रेम, कविन, श्रीसेज, जेन ह्वलमो 

३.एनवाइई २०१८ सेलिब्रेसन

स्थान : रोयल एम्पायर बुटिक होटल, बालुवाटार

समय : साँझ ६ बजे 

आकर्षण : कुटुम्ब लाइभ, लाखे नाच तथा लाइभ बारबिक्यु 

४.न्यु इयर्स इभ पार्टी

स्थान : कासा लाउञ्ज एण्ड बार, दरबारमार्ग

समय : साँझ ७ बजे 

आकर्षण : गायकद्वय सुनिल सिंह ठकुरी र राहुल विश्वास, डिजे रोलिङ र राजन

५.न्यु इयर इभ

स्थान : रोयल साइनो रेस्टुराँ 

समय : साँझ ७ बजे 

आकर्षण : आरम्भ ब्यान्ड लाइभ, बारबिक्यु 

६.ब्लिस टुकेएट्टिन 

स्थान : कर्मा बार एन्ड लाउञ्ज, त्रिपुरेश्वर

समय : साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म

आकर्षण : लाइभ म्युजिक तथा डिजे 

७.सान मिगेल न्यू–इयर इभ 

स्थान : क्लब भेनिस, सुन्धारा

समय : साँझ ६ बजेदेखि बिहान २ बजेसम्म 

आकर्षण : डिजे किस्मत र हन्टर 

८.२०१८ न्यू–इयर इभ सेलिब्रेसन

स्थान : एट डिग्रिज फाइन डाइन, झम्सिखेल 

समय : साँझ ७ बजे 

आकर्षण : गायिका केञ्जल मेहर श्रेष्ठ 

९.ब्ल्याक हावक इभ कन्सर्ट

स्थान : छैमले रिसोर्ट, छैमले, कुलेखानी रोड 

समय : साँझ ७ बजे 

आकर्षण : ब्ल्याक हावक ब्यान्ड, ऐश्वर्य स्थापित तथा डिजे/ओभर नाइट स्टे 

१०.न्यू–इयर बास

स्थान : जिजी मचान, पुल्चोक, झम्सिखेल

समय : साँझ ६ बजेदेखि 

आकर्षण : पुरानो ब्यान्ड प्रिज्म लाइभ 

 

प्रकाशित :पुस १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्