ब्वायफ्रेण्डको भोजपुरीे गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस १४, २०७४

चलचित्र ब्वायफ्रेण्डको भोजपुरी गीत सार्वजनिक गरिएको छ । माघ दोस्रो साताबाट देशभरका प्रदर्शनमा आउने यो चलचित्रको भोजपुरी गीत तेरी लच्के लि जब कमरिया, बल खाए जै जेसन नगेनिया...’ सार्वजनिक भएको हो । 

बलिउडका संगीतकार केके सिंहको संगीत, जुगिराम राईको शव्द रहेको उक्त भोजपुरी गीतमा श्यामकुमार मिश्रले स्वर दिएका छन् भने राजेन्द्र कमल राईको नृत्य निर्देशन रहेको छ । नयाँ प्रयोग हो, पिक्चरलाई नयाँ फिचर दिएको छौं, गायक तथा अभिनेता श्यामकुमारले भने । 

बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरका लागि सुर्य बुढाथोकीको प्रस्तुती रहेको यो चलचित्रको निर्माता कृष्ण खनाल रहेका छन् । चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनाम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, कृष्ण खनाल, शुकबहादुर बम्जन, पवन खनाललगायतको अभिनय रहेको छ ।

युवा पिडिमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा छोरी प्रति बेवस्था गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको छ ।

 

प्रकाशित :पुस १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्