आगो ताप्दा ध्यान दिऔं

- साप्ताहिक संवाददाता

पुस १४, २०७४-

जाडो मौसममा न्यानोका लागि सहरी क्षेत्रमा धेरैले ब्रिकेट ताप्छन् । 

 चिसोका कारण झ्याल ढोका बन्द गरेर आगो ताप्दा कोठामा कार्बनडाइअक्साइड तथा कार्बनमोनो अक्साइडको मात्रा बढ्छ ।

 उक्त ग्याँस लामो समयसम्म शरीरमा प्रवेश गरे विभिन्न स्वास्थ्य समस्या सिर्जना हुनुका साथै मानिसको मृत्युसमेत हुनसक्छ । 

 आगो वा हिटरलाई राम्रोसँग हावा आवत–जावत हुने ठाउँमा प्रयोग गर्नु पर्छ । 

 आगो ताप्दा कपडा सम्हालेर बस्नुपर्छ । उठ्दा–बस्दा पर्याप्त ध्यान पुर्‍याउनु पर्छ अन्यथा आगलागी हुने सम्भावना हुन्छ ।

 आगो, ब्रिकेट, हिटर आदि बालबालिकाहरूको पहुँचबाट टाढै राख्नुपर्छ भने प्रयोग गरेपछि तीनलाई बन्द गर्न बिर्सनु हुँदैन ।

प्रकाशित :पुस १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्