सर्वाधिक कामुक पुरुष

- साप्ताहिक संवाददाता

पुस १३, २०७४

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ । कामुकताको परिभाषामा पुरुषलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिँदैन । पुरुषहरूको आकर्षणलाई मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा पिपुल म्यागजिनले वर्ष–२०१७ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकर्षित गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ ।

१. ब्लेक शेल्टन 

सन् २०१७ का कामुक पुरुषहरूको सूचिमा टेलिभिजन एक्टर तथा गायक ब्लेक शेल्टन पहिलो स्थानमा छन् । १८ जुन १९७६ मा जन्मिएका शेल्टन अमेरिकी नागरिक हुन् । विगतमा मिरान्डा लाम्बर्ट (२०११–२०१५) तथा केनेट विलियम्स (२००३–२००६) सँग विवाह गरेर पारपाचुके गरिसकेका सेल्टन हाल ग्वेन स्टेफानीसँग रमाइरहेका छन् । 

२. द रक

यो सूचीको दोस्रो स्थानमा वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टका लोकप्रिय हस्ती द रक अर्थात् ड्वाइनी जोन्सन छन् । गतवर्ष उनी यो सूचीको पहिलो स्थानमा थिए । सन् १९७२ मे २ मा जन्मिएका द रक अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । श्रीमती दानी गार्सियालाई पारपाचुके दिएर लरेन हासियनसँग लिभ इन रिलेसनमा रहेका द रक १ मिटर ९६ सेन्टिमिटर अग्ला तथा १ सय १८ किलोग्राम तौलका छन् । द रक चलचित्र निर्माता, कलाकार तथा व्यवसायिक कुस्तीबाज हुन् । 

३. माहेरशाला अलि

पिपुल्स म्यागजिनको कामुक पुरुषहरूको सूचीको तेस्रो स्थानमा छन्– अमेरिकी एक्टर तथा र्‍यापर माहेरशाला अलि । उनी यो सूचिमा पहिलो पटक देखापरेका हुन् । १६ फेब्रुअरी १९७४ मा जन्मिएका अलि अमातस सामीसँग विवाहित छन् । ओस्कार अवार्डका लागि पटक–पटक नोमिनेट भैसकेका अलि चलचित्रमा फरक अभिनयका लागि चर्चित छन् । 

 

४. टाइका वाइटिटी

कामुक पुरुषहरूको सूचीको चौथो स्थानमा न्युजिल्यान्डका चलचित्र निर्देशक टाइका वाइटिटी छन् । चेल्सी विन्स्टान्ले सँग विवाहित वाइटिटी एक सन्तानका पिता हुन् । १६ अगस्त १९७५ मा जन्मिएका वाइटिटी न्युजिल्याडमै बसोबास गर्छन् । 

५. माइकल जोर्डन

यो सूचीको पाँचौं स्थानमा अमेरिकाका टेलिभिजन कलाकार माइकल बाकारी जोर्डन छन् । ९ फेब्रुअरी १९८७ मा जन्मिएका जोर्डन एचवीओ च्यानलका चर्चित सिरियल द वायर तथा रेगी मोन्टगोमेरीको अभिनयका कारण चर्चामा छन् । हालसम्म अविवाहित जोर्डनकी बहिनी तथा भाइ पनि उनीसँगै काम गर्छन् । 

६. रिज अहमद 

यो सूचीको छैटौं स्थानमा ब्रिटिस चलचित्र अभिनेता, र्‍यापर तथा एक्टिभिस्ट रिज अहमद छन् । स्वेट सप ब्वाइ तथा सोना फ्यामिली जस्ता संगीत समूहका सर्जक रिज १ डिसेम्बर १९८२ मा जन्मिएका हुन् । 

७. ओस्कार आइजेक

यो सूचीको सातौं स्थानमा ग्वाटेमालीयन मुलका अमेरिकी अभिनेता तथा संगीतकार ओस्कार आइजेक छन् ।अमेरिकी कमेडी ड्रामा शो मि अ हिरोमा गरेको अभिनयका कारण चर्चामा आएका आइजेक गोल्डेन एवार्ड मनोनयनमा समेत परेका थिए । ९ मार्च १९७९ मा जन्मिएका आइजेक एल्भिरा लिन्डसँग लिभइन रिलेसनमा छन् । उनीहरूका १ सन्तान समेत छन् । 

८. स्टेभेन क्यारेल

कामुक पुरुषहरूको ८ औं स्थानमा हलिउड अभिनेता तथा निर्देशक स्टेभेन क्यारेल छन् । १६ अगस्ट १९६२ मा जन्मिएका क्यारेल चलचित्र निर्माता, कमेडियन, लेखक तथा निर्देशकका रूपमा बहुमुखी प्रतिभाका धनी मानिन्छन् । क्यारेल नेन्सी क्यारेलसँग विवाहित छन् । 

९. इड्रिस अल्वा 

कामुक पुरुषहरूको यो सूचीको ९ औं स्थानमा ब्रिटिस अभिनेता तथा संगीतकार इड्रिस अल्वा छन् । ६ सेप्टेम्बर १९७२ मा जन्मिएका अल्वा डिभोर्सी हुन् । अल्वा एचवीओ टेलिभिजनबाट प्रसारण हुने लागु पदार्थ विरोधी सिरियलबाट चर्चामा आएका हुन । हाल सिंगल रहेका अल्वाका दुई सन्तान छन् । 

१०. देव पटेल

कामुक पुरुषहरूको सूचीको १० औं स्थानमा ब्रिटिस चलचित्र अभिनेता तथा टेलिभिजन कलाकार देव पटेल छन् जो आफ्ना टेलिसिरियलहरूका कारण चर्चामा छन् । यो सूचीको सबैभन्दा कान्छा सदस्य पटेल २३ अप्रिल १९९० मा जन्मिएका हुन् । उनका न्युजरुम तथा मिस्टर इलेभन जस्ता टेलिसिरियल बहुचर्चित छन् ।

प्रकाशित :पुस १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्