जनसंख्या बढाउने उपाय

- साप्ताहिक संवाददाता

पुस १३, २०७४-

विश्वको जनसंख्या लगातार बढिरहेको तथ्यांकले देखाउँछ । सन् २०१५ को तथ्यांक हेर्ने हो भने विश्वमा दैनिक ३ लाख ८२ हजार बालबालिकाको जन्म हुन्छ । समष्टिमा हेर्दा विश्वको जनसंख्या तीव्र गतिमा बढिरहे पनि सन् १९५० देखिको तथ्यांक हेर्ने हो भने महिलाहरूले थोरै सन्तान जन्माइरहेका छन् । यसरी कम जन्मदर भएका केही देशले महिलालाई गर्भवती हुन विभिन्न सुविधासमेत उपलब्ध गराइरहेका छन् । 

शून्य दशमलव ८१ प्रतिमहिला एक सन्तान भएपछि सिंगापुर सरकारले दम्पतीहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्न वार्षिक २ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ खर्च गर्दै आएको छ । प्रतिमहिला १ दशमलव ८ सन्तान मात्र भएको हङकङले सन्तान जन्माउनेहरूका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ ।

१ दशमलव ७३ शिशु प्रतिमहिला भएको डेनमार्कमा तीन वर्षसम्म बच्चालाई चाहिने सबै सामग्री उपलब्ध गराइन्छ भने रूसमा कुनै पनि महिलाले डेटिङ गएको नौ महिनामा सन्तान जन्माए फ्रिज उपहार प्रदान गरिन्छ । जापानमा भने रोबोटमार्फत आमा बन्न सिकाइन्छ । यसैगरी दक्षिण कोरियामा बुधबार पारिवारिक दिन (फेमेली डे) मनाउँदै राति ७ बजेपछि बत्ती निभाउन लगाइन्छ । 

 

प्रकाशित :पुस १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्