‘मिष्टर गे ह्यान्डसम नेपाल

- साप्ताहिक संवाददाता

पुस १२, २०७४

 

समलिंगी पुरुषहरुबीचको प्रतिस्पर्धा सम्पन्न भएको छ । यसैसाता राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगीतमा ‘मिष्टर गे ह्यान्डसन नेपाल २०१७’को उपाधि सर्लाहीका मनिन्द्र सिंहले प्राप्त गरेका छन् । उपाधि संगै उनले नगद पुरस्कार पचास हजार पनि प्राप्त गरे । 

प्रतियोगितामा कैलालीका विरेन्द्र चौधरी फस्ट रनर अप तथा ललितपुरका अनुज राई पिटर सेकेन्ड रनर अप विजेता चयन भएका छन् । विरेन्द्र र अनुजले क्रमश: ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे । 

समिलिंगी पुरुषहरुको समग्र व्यक्तित्व विकास, समाजमा पहिचान र उनीहरुको मौलिक हक अधिकारको सचेतना तथा यसबारे समाजमा प्रभावकारी ढंगबाट आवाज उठाउने एउटा भरपर्दो प्लेटफर्मका रुपमा विकसित गरिएको मिष्टर गे ह्यान्डसम नेपालको यो दोस्रो संस्करण हो । 

यस अघि सन् २०१३ मा विश्वराज अधिकारीले प्रतियोगिताको उपाधि जितेका थिए । नील हीरा समाजको आयोजनामा सम्पन्न यो प्रतियोतिगामा समर विक पर्सनालिटी, अविनाश श्रेष्ठ वेष्ट वाक, मानव तामाङ कन्जिनियालिटी, कार्तिक क्षेत्री वेष्ट लुक्स तथा सुशिल सुनार कन्फिडेन्स विधातार्फ विजेता चयन भएका छन् ।

 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्