पारुहाङ् साँझमा धिरजको ‘सेकिट सेकिट’
पुस १२, २०७४
हङ्कङमा पारुहाङ साँझ सम्पन्न भएका छ । कार्यक्रममा गायक धिरज राई, राजेशपायल राई, बेनुका राई लगायतका कलाकारले आफ्नो प्रस्तुती दिन भ्याएका छन् । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने शन्देश सहित स्टेजमा उत्रेका पप गायक धिरज राईले ‘बुद्ध वाज वन ईन नेपाल’, ‘लुकी लुकी’, ‘सोई ढोले सोई’ लगायतका गीत प्रस्तुत गरे ।
कार्यक्रममा ‘राई ईज किङ्’ राजेशपायल राईले पनि आफ्ना आधादर्जन गीत मार्फत धित मरुन्जेल नचाए । गायीका बेनुका राई, मिना राई, तयाहाङ्मा राईको प्रस्तुती पनि दर्शकहरुले खुबै रुचाए ।
कार्यक्रमको अर्को आकर्षण दमन रुपाखेती र पार्वन राई (राई बुढा) थिए । ‘संसारमा जहाँ गए पनि हामी नेपाली हौ, जात, भुगोल र वर्गको आधारमा विखण्डन नभईकन एकता भई नेपालीको परिचय दिऔ’ भन्ने शन्देश मुलक प्रहसन गरेका दमन र पार्वनले पर्याप्त तारिफ पाए । किरात राई चाम्लिङ् खाम्बातिम हङ्कङको आयोजनामा सम्पन्न कार्यक्रम सुप्तुलुङ् खिम (चुला घर) सहयोगार्थ आयोजना गरिएको हो ।
धरान सााझमा आधा दर्जन कलाकार
धरान हङ्कङ मञ्चको आयोजनामा मंगलबार सम्पन्न अर्को कार्यक्रम ‘धरान साँझ’मा आधा दर्जन कलाकारहरुले आफ्ना प्रस्तुती दिए । कार्यक्रममा नेपाल आईडल टप ७ प्रमिला राई, गायीका प्रश्ना शाक्य, गायक गंगा बरदान, नेपाली तारा सेकेण्ड रनरअप शुरेश लामा, प्रशान्त शर्मा, मनोज मोते, मिस पूर्वाञ्चल रुबी लिम्बु लगायतले आफ्ना चर्चित गीत मार्फत हङ्कङेली दर्शकहरुलाई मनोरञ्जन दिए ।
तस्बिर : गणेश मगर
प्रकाशित :पुस १२, २०७४

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्