फेसन शोमा मिश्रित पहिरन

- साप्ताहिक संवाददाता

पुस १२, २०७४

आईतबार राती ९ बजेपछि सिंहदरबार अघिल्तिरको यगम्बर ब्याङ्केटमा निर्माण गरिएको र्‍याम्पमा मोडलहरु प्रस्तुत हुन थाले । अमिर कला केन्द्र तथा राईज म्युजिकले संयुक्त रुपमा आयोजना गरेको क्रिसमस इभ सेलिब्रेसनको मुख्य आकर्षण नै फेसन शो रह्यो । 

पाँच वटा सिक्वेन्समा विभाजन गरिएको फेसन शोमा डेढ दर्जन मोडलहरुले पुसको समर तथा विन्टर वेयर प्रदर्शन गरे । फेसन शोमा मोडलहरुले डिजाइनर मनिता थापा तथा लाफ, आइकोनिक फेसन हाउस तथा एम्स हाउसले तयार पारेका पहिरनहरु प्रदर्शन गरे । 

इभिनिङ गाउन, वान पिस, लेहेंगा, सारीसहितका पहिनरमा मोडलहरु आकर्षक देखिएका थिए । बिनोद सिंह तथा पूजा श्रेष्ठले मोडलहरुलाई क्याटवाक गर्ने शैली सिकाएका थिए । फेसन शोमा भद्रगोल हास्य श्रृंखलाकी अभिनेत्री रक्षा श्रेष्ठ तथा चलचित्रका बाल कलाकार कुशाग्र भट्टराई शोस्टरको रुपमा प्रस्तुत भएका थिए । 

फेसन शोको क्रममा हास्य अभिनेता तथा जादूगर महादेव त्रिपाठीको व्यंग्यात्मक प्रस्तुतीले दर्शकको मन जितेको थियो । कार्यक्रममा विभिन्न गायक–गायिकाका साथै नृत्यांगनाहरुले समेत आफ्नो प्रस्तुती दिएका थिए । 

 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्