अस्ट्रेलियाबाट आयो यस्तो प्रेम कथा

- साप्ताहिक संवाददाता

पुस १२, २०७४

अस्ट्रेलियामा निर्माण भएको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामै बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु...’ शीर्षकको उक्त मोर्डन लभ सङको भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । सुरेन अस्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित छन् । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

स्याट प्रो ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियोका गीतका शब्दहरु झैं रोमान्टिक बनेको छ । अस्ट्रेलियाका मनोरम दृष्यहरुमा छायांकन गरिएको भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी वास्तवमै रोमान्टिक देखिएको छ ।

टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो । मोक्ष प्रोडक्सनका प्रवीण श्रेष्ठले भिडियोमा कलर करेक्सन गरेका छन् । पूनम तथा रायन निर्माता रहेको भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो । 

प्रेममा परेछुको म्यूजिक भिडियो : 

 

 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्