कर्पोरेटले दियो एवार्ड, फेसियल हाउसले काट्यो केक

- साप्ताहिक संवाददाता

पुस १२, २०७४-

कर्पोरेट र फेसियल हाउसको संयुक्त आयोजनामा कर्पोरेट विजनेश एक्सिलेन्सी एवार्ड तथा फेसियल हाउसको १०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

समारोहमा कर्पोरेट विजनेश एक्सिलेन्सी एवार्ड–२०१७ साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ ।

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सुन्दर देखिने चाहना मानव जाति मात्र नभएर ठाउँ स्थान अथवा शहरलाई पनि हुने बताउँदै केही मिडियाले रानीपोखरीको विषयमा नचाहिँदो अफवाह फैलाएको दु:खेसो गर्नुभयो ।

समारोहमा नेपाल उद्योग वणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विधागत रुपमा उभिएर कर्पोरेटले छुट्टै पहिचान बनाउन सकेको बताउनु भयो । समारोहमा कर्पोरेटका प्रकाशक तथा सम्पादक उज्वलजंग शाहले ब्यपारीबर्ग, राजनीतिज्ञ र आम मानिसबीच कर्पोरेट पुल बनेको वताउनु भयो ।

फेसियल हाउसका संञ्चालक सुष्मा महराले सृष्टिको आदिकालदेखि नै सुन्दर देखिने चाहना सवै मानव जातिमा रहँदै आएको र समयको बदलाव संगै यो चाहना महिला र पुरुष दुवैमा बढ्दै गएकोले आजको प्रतिस्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएकोले ब्युटिपार्लरको बजार बढ्दै गएको र आगामी दिनमा अझ ब्यापक बनाउने बताउनु भयो  ।

 

उक्त अवसरमा फेसियल हाउसका तर्फबाट रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई विशेष सम्मान र कर्मचारीहरूलाई मूल्यांकन कदर गरिएको थियो । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कम्प्युटर एशोसियशन नेपालका पूर्वअध्यक्ष विप्लवमान सिंहले कर्पोरट म्यागेजिनले व्यवसायीलाई प्रोत्साहन गर्दै सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यसका संचालक शाहको खुलेर प्रशंसा गर्नु भयो । 

 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्