सर्वाधिक कामुक महिला

- साप्ताहिक संवाददाता

पुस १२, २०७४-

सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वीय तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । यही सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१७ का १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ ।

यो वर्षको उक्त सूचीको पहिलो दस स्थानमा हलिउड अभिनेत्रीहरूको तुलनामा गायिकाहरू बढी छन् । गत वर्ष यो सूचीमा ३० प्लस अभिनेत्रीहरूको बाहुल्यता थियो भने यो वर्ष त्यसमा केही कमी आएको छ । यो सूचीमा यो वर्ष सबैभन्दा जेठी किम कार्दसियन (३७ वर्ष) छिन् भने सबैभन्दा कान्छी केन्डल जेनर (२२ वर्ष)समावेश छिन् ।

१. मार्गोट रोबी

कामुक महिलाहरूको यो सूचीको पहिलो स्थानमा अस्ट्रेलियाकी चलचित्र अभिनेत्री मार्गोट रोबी छिन् । सन् २००० देखि चलचित्र क्षेत्रमा उदाएकी रोबी टम एकर्लीसँग विवाहित छिन् । सन् १९९० जुलाई २ मा जन्मिएकी रोबीको चर्चा टेलिभिजन शो नाइबर तथा पानामको प्रसारणपछि चुलिएको हो । रोबी यो सूचीको पहिलो स्थानमा आउने पहिलो अस्ट्रेलियन युवती हुन् ।

२. स्कारलेट जोहान्सन

कामुक महिलाहरूको दोस्रो स्थानमा हलिउड अभिनेत्री स्कारलेट जोहान्सन छिन् । गत वर्ष उनी यो सूचीमा पहिलो स्थानमा थिइन् । सन् १९८४, नोभेम्बर २२ जन्मिएकी जोहान्सन गायिका पनि हुन् । रोमेन्डारिकसँग विवाहित जोहान्सनले त्यसअघि रेयान रेनोल्डसँग पारपाचुके गरेकी थिइन् । उनको एउटा सन्तान छ । 

३. एमिली राताकोभस्की

कामुक महिलाहरूको सूचीमा एक पटक फेरि पुनरागमन गर्दै हलिउड अभिनेत्री एमिली राताकोभस्की यो वर्ष तेस्रो स्थानमा पुगेकी छिन् । सन् १९९१, जुन ७ मा जन्मिएकी राताकोभस्कीले विवाह गरेकी छैनन् ।

४. बियोन्से 

कामुक महिलाहरूको सूचीमा अमेरिकी पप गायिका बियोन्सेले दुई वर्षको अन्तरालपछि पुनरागमन गरेकी छिन् । बियोन्से यो वर्ष चौथो स्थानमा छिन् । सन् १९८१, सेप्टेम्बर ४ मा जन्मिएकी बियोन्से इन्स्टाग्राममा पनि निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनी पाँचौं स्थानमा सर्वाधिक पछ्याइने व्यक्ति हुन् ।

५. जेनिफर लरेन्स

हलिउड अभिनेत्री जेनिफर लरेन्सले एकपटक फेरि कामुक महिलाहरूको सूचीमा पुनरागमन गरेकी छिन् । विगत दुई वर्षयता यो सूचीबाट हराएकी लरेन्स यो वर्ष पाँचौं स्थानमा छिन् । सन् १९९०, अगस्ट १५ मा जन्मिएकी लरेन्स ओस्कार एवार्डबाट समेत सम्मानित भैसकेकी व्यक्तित्व हुन् । 

६. टेलर स्विफ्ट

अहिलेको पुस्ताकी सर्वाधिक चर्चित गायिका टेलर स्विफ्ट कामुक महिलाहरूको छैटौं स्थानमा छिन् । गीत गाएरै २८ करोड डलर बराबरको सम्पत्ति आर्जन गरिसकेकी टेलर गीत गाउनुका अतिरिक्त गीत लेखन तथा कम्पोजमा समेत सक्रिय छिन् । 

७. केन्डल जेनर

यो सूचीको सातौं स्थानमा छिन्– अमेरिकी फेसन मोडल तथा टेलिभिजनकर्मी केन्डल जेनर । इन्स्टाग्राममा अपलोड हुने आफ्ना तस्बिरहरूमार्फत आलोचक एवं समर्थनहरूको समाचारमा रमाउने जेनर सन् १९९५ नोभेम्बर ३ मा जन्मिएकी हुन् । 

८. एमिलिया क्लार्क

कामुक महिलाको सूचीको आठौं स्थानमा ब्रिटिस अभिनेत्री एमिलिया क्लार्क छिन् । उनी यो सूचीमा पहिलोपटक देखापरेकी हुन् । सन् १९८६अक्टोबर २३ मा जन्मिएकी एमिलियाले ब्रिटिस रंगमञ्चबाट चलचित्रमा फड्को मारेकी हुन् ।

९. काइरा

कामुक महिलाहरूको नवौं स्थानमा अमेरिकी गायिका, नृत्यांगना तथा मोडल काइरा छिन् । उनी यो सूचीमा पहिलो पटक देखा परेकी हुन् ।रसेल विल्सनसँग विवाहित काइराका दुई सन्तान छन् । 

१०. किम कार्दसियन

कामुक महिलाहरूको सूचीको दसौं स्थानमा अमेरिकी फेसन मोडल तथा टेलिभिजनकर्मी किम कार्दसियन छिन् । सातौं स्थानकी केन्डल जेनरकी सौतेनी दिदी किम आफ्नो विवाह तथा पारपाचुकेका कारण समाचारमा छाइरहन्छिन् । इन्स्टाग्राममा अपलोड हुने तस्बिरहरूमार्फत पनि उनको चर्चा हुन्छ । कार्दसियन सन् १९८० अक्टोबर २१ मा जन्मिएकी हुन् । 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्