डान्स आइडल ऐश्वर्या

- मनोज पौडेल

पुस ११, २०७४-

 

१२ वर्षे ऐश्वर्या पौडेल कपिलवस्तु डान्स आइडलको उपाधी जित्न सफल भएकी छिन् । अन्तिम प्रतिस्पर्धामा ३ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि उचालेकी हुन् । कक्षा ६ मा अध्ययनरत पौडेल ५५ हजार ५ सय ५५ रुपैयाँ सहित पुरस्कृत भएकी भएकी छिन् । जित पछि उनले आफ्नो क्षमता चलचित्रमा देखाउँने चाहना रहेको बताएकी छिन् । 

प्रतियोगीतामा एलिसा सारुले द्वितीय स्थान हासिल गर्न सफल भईन् । यस्तै, मोनिका हमाल तृतीय बन्न सफल भएकी छिन् ।  एलिसाले ३५ हजार ५ सय ५५ र मोनिकाले २५ हजार ५ सय ५५ नगद सहित सहित आकर्षण पुरस्कार प्राप्त गरे । 

त्यस्तै आईडलको सान्त्वना पुरस्कार दिव्या थापाले पाईन । थापाले १० हजार ५ सय ५५ रुपैयाँ नगद सहित आकर्षक पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा ५० जनाको सहभागीता रहेको थियो । १२ दिनसम्म सञ्चालन भएको महोत्सव भर प्रस्तुति देखाएका प्रतियोगी ६० प्रतिशत मत र ४० प्रतिशत निर्णायकले दिएको अंकका आधारमा छनौट भएका हुन् । डान्स आइडल निर्णायकमा चर्चित कोरियोग्राफर दिपक एम सिग र हरिशरण रिजाल रहेका थिए । 

 

 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्