डरायो ‘पिंजडा ब्याक अगेन’ टिम

- साप्ताहिक संवाददाता

पुस ११, २०७४

आउँदो माघ ४ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सार्वजनिक गर्दा चलचित्रको कथा बाहिर आउँने भन्दै चलचित्र टिमले गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो 

‘बल्यो धप धप यो जवानी’ बोलको सार्वजनि गीतमा शशी रावलको स्वर, बसन्त सापकोटाले संगीत तथा डा. कृष्णहरी बरालको शब्द समावेश रहेको छ । हिमाल केसीले निर्देशन गरेको उक्त चलचित्रमा श्रीराम बराल प्रस्तुतकर्ताका रुपमा रहेका छन् । चलचित्र  सौरभ लामाले खिचेका छन् ।

निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायतका कलाकार शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेकाचलचित्रमा सह– निर्माताका रुपमा रमेश सुवेदी र बाबुराजा सिंहले लगानी गरेका छन् । 

गीतको लिरिकल भिडियो : 

 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्