Teej banner

करोडौंको सुन नालीमा बग्छन्

- साप्ताहिक संवाददाता

पुस ११, २०७४

स्विट्जरल्यान्डको ढल तथा नाली परीक्षण गर्दा त्यहाँ बर्सेनि करोडौं मूल्यबराबरको सुन–चाँदी बगेर खेर गएको पाइएको छ । हालै त्यहाँको ढल तथा नालीमा बगेका पदार्थहरूको परीक्षण गर्दा ४५ किलो सुन तथा ३ हजार किलो चाँदी बगेर खेर गएको अनुमान गरिएको हो । यो परिमाणमा केही धेरथोर हुन सक्ने त्यहाँको पानी शुद्धीकरण विभागले जनाएको छ । 

स्विट्जरल्यान्डका ६४ वटा ढल र नाली परीक्षण गर्दा यस्तो तथ्य फेला परेको हो । यस्तो किन भएको हो भने स्विट्जरल्यान्ड विश्वकै सर्वाधिक सुन प्रशोधन गर्ने राष्ट्र हो । स्विट्जरल्यान्डमा विश्वको ७० प्रतिशत सुन प्रशोधन हुन्छ, त्यसका लागि जुरा सहर सर्वाधिक प्रख्यात छ । जुरामा बग्ने ढल र नालीमा सुनको मात्रा बढी रहेको बताइन्छ । ढलमा बगेको सुनलाई पुन: प्रसोधन गर्न सकिए पनि त्यसबाट केही मात्र सुन निकाल्न सकिने जानकारहरू बताउँछन् । 

 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्