बलिउडमा सेलिब्रेटी विवाहको वर्ष

- साप्ताहिक संवाददाता

पुस १०, २०७४-

विराट  कोहली तथा अनुष्का शर्मा 

वर्ष २०१७ को सबैभन्दा ठूलो तथा चर्चित यो विवाहको अझै सेलाइसकेको छ । बलिउड अभिनेत्री अनुष्का शर्मा तथा भारतीय क्रिकेट कप्तान विराट कोहलीले गत मंसिर २५ गते (डिसेम्बर ११) इटलीमा विवाह गरे । दुवैले कुनै ठूलो हो–हल्ला बिना विवाह गरेका हुन् । यद्यपि वैवाहिक समारोहपछि दुवैले जीवनकै सबैभन्दा खुसी र सुखद क्षणका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराए । 

भारती सिंह तथा हर्ष लिंबाच्या

यो वर्ष चर्चित कमेडियन भारती सिंह तथा हर्ष लिंबाच्या विवाह बन्धनमा बाँधिए । यी दुवैले धुमधामका साथ विवाह गरे, जसको चर्चा सञ्चारमाध्यममा समेत भयो । हर्ष पेशाले स्क्रिप्ट राइटर हुन् । दुवै करिब ८ वर्षदेखि प्रेम सम्बन्धमा थिए । भारती उमेरले हर्षभन्दा करिब सात वर्ष जेठी भएको बताइन्छ । 

नील नितिन मुकेश तथा रुक्मिणी सहाय

अभिनेता नील नितिन मुकेश तथा रुक्मिणी सहाय पनि यही वर्ष विवाह बन्धनमा बाँधिए । रुक्मिणी सहाय उड्डयन उद्योगसँग सम्बन्धित छिन् । उनीहरू दुवैको परिवार लामो समयदेखि एक–अर्कासँग परिचित छन् । 

जहीर खान तथा सागरिका घाटगे

टिम इन्डियाका तीव्र गतिका बलर जहिर खाँन तथा बलिउड अभिनेत्री सागरिका घाटगे पनि यही वर्ष विवाह बन्धनमा बाँधिए । अचानक इन्टरनेटमा आएको उनीहरूको इन्गेज्मेन्टको तस्बिरले सबैलाई आश्चर्यमा पारेको थियो भने ती तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएका थिए ।

 

नागा चैतन्य तथा सामन्था रुथ प्रभु

दक्षिण भारतीय चलचित्रका सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्य तथा दक्षिण भारतीय चलचित्रकै सर्वाधिक सुन्दर अभिनेत्री सामन्था रुध प्रभु पनि यही वर्ष विवाह बन्धनमा बाँधिए । दुवैले अक्टोबर महिनामा गोवा पुगेर विवाह गरे । उनीहरूले सन् २००९ देखि सँगै काम गर्दै आएका छन् भने तीन वर्ष अघिदेखि उनीहरू प्रेम सम्बन्धमा थिए । 

आशका गोराडिया तथा ब्रेन्ट ग्लोब

टेली अभिनेत्री आशका गोराडिया तथा अमेरिकी योग प्रशिक्षक ब्रेन्ट ग्लोब अघिल्लो वर्षदेखि प्रेम सम्बन्धमा थिए । ब्रेन्ट आशकाभन्दा चार वर्षले कान्छा छन् । आशका तथा ब्रेन्टको भेट डान्स रियालिटी शो नच बलिए–८ मा सहभागिता जनाउने क्रममा भएको थियो । 

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्