Teej banner

रुष्मिता र सुशान्तलाई उपाधि

- साप्ताहिक संवाददाता

पुस १०, २०७४

रशलाईट मिडियाले आयोजना गरेको नेपाल फेसन आइडल–२०१७ को उपाधि रुष्मिता शाही तथा सुशान्त श्रेष्ठले जितेका छन् । उपाधिसँगै उनीहरुले जनही एक–एक लाख रुपैयाँ समेत पाएका छन् । उपाधिसँगै शाहीले बेस्ट फिगर तथा बेस्ट वाकका दुई शीर्षक उपाधि पनि जितिन् । सुशान्तले भने बेस्ट फिजिक्सको उपाधि आफ्नो पक्षमा पारे ।

 प्रतियोगितामा महिलातर्फ छिरिङ शेर्पा तथा पुरुषतर्फ अंकित मानन्धरले फस्ट रनर्स अपको उपाधि जिते भने सुप्रिना शाक्य तथा सामिप्य श्रेष्ठले सेकेण्ड रसर्न अपमा चित्त बुझाए । छिरिङले बेस्ट परफर्मेन्स तथा सुप्रिनाले म्यानेज्मेन्ट च्वाइसको एवार्ड पनि जितिन् भने अंकितले मस्ट कन्फिडेन्स तथा सामिप्यले बेस्ट स्टाइलिसको उपाधि जिते । 

रमिता भण्डारी तथा प्रज्वल शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मष्ट ट्यालेन्टको उपाधि रोसेनेन शर्मा र इनि मर्हजनले जिते भने पर्सनालीटीको उपाधि पारस दाहाल र सन्ध्या दिवालीले जितेका थिए । 

 

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्