जमुनाको ‘कैली’ बजारमा

- साप्ताहिक संवाददाता

पुस १०, २०७४

युवा लेखक जमुना न्यौपानेको पहिलो उपन्यास ‘कैली’ बजारमा आएको छ । गत शनिबार जावलाखेलस्थित बगैंचा रेस्टुराँमा सार्वजनिक गरिएको हो । स्कुलस्तरको अध्ययन पूरा गरेपछि उच्च शिक्षाका लागि सहर छिरेकी एक युवती उच्च वर्गको युवकसँग प्रेममा परेको घटनालाई उपन्यासमा मुल कथावस्तु बनाइएको छ । 

परदेशमा रहँदा नेपाली महिलाहरूले झेल्नुपर्ने समस्या र कठिनाइलाई उपन्यास कैलीमा उतारिएको छ । युवकको प्रेममा परेपछि गाउले केटी अमेरिका र इन्डोनेसियासम्म यात्रा गर्छे । यसै सेरोफेरोमा उपन्यास लेखिएको छ । खासगरी युवा अवस्थामा युवा–युवतीमा आउने परिवर्तन, समस्या, उतारचढावका बारेमा पुस्तक केन्द्रित छ ।

बुलबुल प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक चलचित्र निर्माता नीर शाह, गीतकार डा. कृष्णहरि बराल, संगीतकार चण्डिप्रसाद काफ्ले, गायक हेमन्त शर्मा र पत्रकार अश्विनी कोइरालाले संयुक्त रूपमा विमोचन गरेका थिए । चलचित्र निर्माता नीर शाहले ‘कैली’ उपन्यास चलचित्र बन्न सक्ने सम्भाबना बोकेको कृति रहेको टिप्पणी गरे ।

 

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्