हानिकारक संयोग

- लोकनाथ खनाल

पुस १०, २०७४-

 

प्रकृतिले दिएका हरेक वस्तु हाम्रा लागि उपयोगी छन्, तैपनि कतिपय वस्तुलाई अर्को वस्तुसँग मिसाएर प्रयोग गर्दा त्यसले शरीरलाई हानि पुर्‍याउन सक्छ । त्यस्ता केही संयोग :

 

 दूधका साथ दही, नुन, नरिवल, मुला, मुलाको पात, तेल, सातु, अमिलो फल, अन्य अमिलोजन्य पदार्थ, बेल, तरबुजा आदि खाँदा शरीरलाई हानि हुन्छ । 

 

 दहीसँग खिर, दूध, पनिर, धेरै तातो खाना वा तातो वस्तु खानु हानिकारक हुन सक्छ । 

 

 घिउ र मह बराबर मात्रामा मिसाउँदा त्यो विषसमान हुन्छ ।

 

 महका साथ मुला, अंगुर, वर्षाको पानी, तातो पानी वा तातो वस्तु खाँदा शरीरलाई हानि पुग्न सक्छ । 

 

 तरबुजासँग लसुन, मुलाको पात, दूध तथा दही खानु हुँदैन । 

 

 खीरसँग खिचडी, कटहर, अमिला खानेकुरा तथा सातु खाँदा बेफाइदा हुन्छ । 

 

 चिसो पानीसँग घिउ, तेल, अम्बा, जामुन, काँक्रा, ताता खानेकुरा, तरबुजा, बदाम खाँदा त्यसले लाभभन्दा हानि पुर्‍याउँछ ।  

 

                                                                             लोकनाथ खनाल

                                                                              योग प्रशिक्षक, 

                                                                          पतञ्जली योग समिति

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्