भर्सटायल सञ्जय

- साप्ताहिक संवाददाता

पुस १०, २०७४

रेडियो कान्तिपुरका नियमित स्रोताहरूका लागि सञ्जय गुप्ताको नाम तथा स्वर नौलो होइन । लामो समयदेखि रेडियो कान्तिपुरमा रेडियो जक्कीका रूपमा आबद्ध सञ्जय यतिबेला आधा दर्जन कार्यक्रममार्फत श्रोताहरूमाझ पुगिरहेका छन् ।

किक स्टार्ट, टेस्ट बड, प्लोट्रोनिक्स, के छ नेपाल आदि कार्यक्रमका यी लोकप्रिय आरजे रेडियोकर्मीका रूपमा मात्र सिमित छैनन् । उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको कार्यक्रम पल्सर डेयर भेन्जरसँग पनि आवद्ध छन् ।

भिडियो जक्कीका रूपमा समेत स्थापित भैसकेका सञ्जय मिस नेपाल प्रतियोगिताका आधिकारिक उद्घोषक समेत हुन् । यसबीच सञ्जयले अभिनेताका रूपमा समेत आफ्नो यात्रा प्रारम्भ गरेका छन् ।

केही अघि प्रदर्शन भएको चलचित्र सफरबाट अभिनेताका रूपमा पदार्पण गर्ने गुप्ता यतिबेला मिलन चाम्सको चलचित्र ‘ह्याप्पी डेज’को प्रतीक्षामा छन् । रेडियो, टेलिभिजन तथा चलचित्र तीनवटै विधामा सक्रिय सञ्जयको भर्सटालिटीलाई चाहिँ मान्नै पर्छ ।  

 

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्