किड्स ट्यालेन्ट रुविशा

- साप्ताहिक संवाददाता

पुस ९, २०७४-

स्कुलमा अध्ययनरत बालबालिका सम्बन्धि प्रतियोगीता सम्पन्न भएको छ । ‘किड्स ट्यालेन्ट हन्ट २०१७’मा रुविशा बस्नेत उपाधि उचाल्न सफल भएकी छिन् । दीपश्री क्रिएटिभ मिडियाले आयोजना गरेको उक्त प्रतियोगीतामा रुविशा मोष्ट एनर्जेटिक अवार्ड सहित मुख्य उपाधि जित्न सफल भएकी हुन् । 

प्रतियोगितामा आर्या लामिछाने फस्ट रनर अप तथा सेविका राना मगर मोस्ट ब्युटीफुल अवार्ड सहित सेकेन्ड रनर अपका रुपमा चयन भएका छन् । प्रतियोगीतामा २६ जना बालबालिकाले सहभागीता जनाएका थिए । 

प्रतियोगितामा प्रशंसा रोकाय मोष्ट ट्यालेन्ट, प्राप्ति पराजुलली र केकेन महर्जन फोटोजेनिक, योगिता खत्री मोस्ट फ्रेन्ड्ली, स्वर्णलता चौधरी वेष्ट पर्सनालिटी, कुनाल चौधरी मोस्ट डिसिप्लीन, वैशव पौडेल मोस्ट ह्यान्डसम, मेमोरिका विष्ट वेष्ट ड्रेस, शैयम मानन्धर वेष्ट पोज, वेस्ट हेण्डराइटिङ्गमा सिनियरमा आर्या लामिछाने, जुनियरमा कुशल प्रजापति विजेता चयन भएका थिए ।

यसैगरी मोस्ट कन्फिडेन्टमा अन्मोल महर्जन, वेस्ट वाक् अन्वेशा जोशी, वेस्ट लिडरसिप अजर श्रेष्ठ, अर्गनाइजर च्वाइस एन्जल श्रेष्ठ, मोस्ट पङ्चुयल संयोग संजेल, अट्राक्टिभ आइज सम्मान वाग्ले, वेस्ट हाइजीन सेविन्स रानामगर, मोस्ट स्टालिष्ट रितृशा महर्जन, भिअर्स च्वाइस रुवी गोयल तथा मोस्ट अनेस्टमा महिमा अग्रवाल विजेता घोषित गरिएका थिए । 

 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्